Logo

अर्थतन्त्रमा महामारीको त्रास



काठमाडौ, माघ २२ । एक महिना अघि दुई सय किलोको लसुनको मूल्य सोमबार पाँचसय रुपैयाँमा किनबेच भएको छ ।पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको मूल्य दोब्बर भन्दा बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितीको तथ्याङकमा उल्लेख छ ।

यसअधि खुद्रा बजारमा पाँच सय रुपैयाँमा प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलदरमै आठ सय रुपैयाँ नाघेको तरकारी व्यवसायी बताउँछन् ।यी दुवैको भाउ आकासिनुकोे एउटै कारण हो –चीनमा फैलिएको ‘कोरोना भाइरस’ ।

कोरोना भाइरसको माहामारीले सामान्य जनजीवन देखि पर्यटक आगमन समेत प्रभावित भएको छ । उत्तरी छिमेकमा फैलिएको महामारीले मुलुकको समग्र अर्थतन्त्रमा असर गर्न सक्ने जानकारहरु बताउँछन् ।

विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मुलतः पर्यटन उद्योगलाई धराशाथी पार्ने धेरैको विश्लेशण रहेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्