काठमाडौ, माघ २२ । छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा सोमबार शुन्य समयमा बोल्दै प्रतिपक्षी दलका सांसदले नेपालमा कोरोना भित्रिन नदिन र चीनमा रहेका नेपालीको उद्धार तथा उपचारका लागी सरकारले ठोस पहल नगरेकोआरोप लागएका छन् ।
सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार र उपचारका निम्ती सरकारको योजना के छ भन्ने प्रश्न गर्दै सांसदलाई जानकारी दिन माग गरेका छन् । ‘संक्रमित क्षेत्रमा नेपालीको सख्या कति छन् र उनीहरुको अवस्था कस्तो छ ? ,’ उनले प्रश्न गरे , ‘नेपालमा सरकारले भरपर्दो र सुरक्षीत उपचार गर्ने व्यवस्था के छ ?
’सांसद राजभण्डारीले कोरोना भाइरस बाट विश्वमा २० हजार भन्दा बढी संक्रमित भएको उल्लेख गर्दै सरकारले नेपालमा ब्वारेन्टाइनको व्यवस्था गर्न नसकेको बताएका छन् । सांसद देवेन्द्र राज कडेँलले नेपालमा कोरोना भाइरस छिर्न नदिन सरकारले कदम चाल्न नसको आरोप लगाउदै सरकारले सक्रमण भित्रिन नदिन आवश्यक तयारी नगरेको भन्दै जानकारी गराउन माग गरे । नागरीक दैनिकबाट