Logo

कोरोना भाइरसः डब्लुएचओले गर्‍यो चीनको प्रशंसा



काठमाडौं , माघ २२ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नयाँ कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।डब्लुएचओका महानिर्देशकले चीनको कदम उपयुक्तु भएको टिप्पणी गरेका छन्।

प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो।जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ुसरकारी कमजोरी र अपूर्णताु पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसङ्घीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो।

डब्लुएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भने पनि त्यो उसकै शब्दमा महामारीको अवस्थामा नपुगेको जनाएको छ।चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।

बीबीसीका अनुसार अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजारभन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।

डब्लुएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भने पनि त्यो महामारीको अवस्थामा नपुगेकोु जनाएको छ।मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ्‌कङ र फिलिपिन्समा समेत एक(एक जनाले ज्यान गुमाएका छन्।



प्रतिक्रिया दिनुहोस्