Logo

कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तिमा आठ महिना लाग्ने



काठमाडौं, २३ माघ । कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास विकसित देशहरुका वैज्ञानिकहरुबाट भइरहेको छ । भ्याक्सिन बन्ने सम्भावना बलियो छ तर त्यसका लागि समय लाग्ने भएको छ ।

कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तिमा ८ देखि १० महिना समय लाग्ने रुसका स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले बताएका छन् । उनले बुधबार सार्वजनिक रुपमा भ्याक्सिन छोटो समयमा बन्न नसक्ने भन्दै समय लाग्ने बताएका हुन् ।

भ्याक्सिन बनाउन स्वास्थ्य परीक्षणहरु भइरहेको उल्लेख गरे । भ्याक्सिन बनाउने प्रक्रिया प्रारम्भिक चरणमा रहेको उनको भनाई थियो । चीनलगायत विभिन्न देशहरुमा कोरोना भाइरसको भ्याक्सिन बनाउने परीक्षणहरु भइरहेका छन् ।

भ्याक्सिन बनाउन वैज्ञानिकहरु निरन्तर लागिपरेका छन् । जसले सफलता हासिल गर्छ उसले स्वास्थ्य क्षेत्रको इतिहासमा सुनौलो अक्षर लेखाउँछ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्