Logo

चीनमा रहेका नेपालीहरुको आफन्तको आग्रह : हाम्रा छोराछोरीलाई चाँडो नेपाल ल्याउनुपर्यो



काठमाडौं, २३ माघ । चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।

अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताए। उनले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताए।

चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल आउनका लागि १८० विद्यार्थी र नागरिकले चीनस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्