Logo

शिवलिंगको रहस्य



काठमाडौ, माघ ८ । शिवलिंग भनेको हाम्रो ब्रह्माण्डको बाहेक अरु केही छैन र धर्म वा अध्यात्मको भाषामा भन्ने हो भने शिवलिंग भगवान शिव र देवी शक्ति (पार्वती) को मुल र अनन्त रुप हो । मानिस र प्रकृतिको समानताको प्रतिक हो । शिवलिंगले हामीलाई यस संसारमा केवल पुरुषमात्र होइन महिलाको प्रभुत्वमा छ तर दुवै एक अर्काको परिपुरक हुन दुवै समान छन् ।

वायु पुराणका अनुसार प्रलयको सबै सृष्टिहरु जो लिन हुन्छन र पुनःसृष्टि अवधीमा देखिन्छ । जसलाई लिंग भनिन्छ । यस कारण विश्वका सम्पुर्ण ऊर्जा लिंगको प्रतिक हो ।

शिव पुराणको अनुसार शिव पुराणमा शिवलिंगको पुजा गर्ने तथ्य फरक छ । शिव पुराणमा शिव संसार र परबह्मको उत्पत्ति भएको कारण बताइएको छ । शिवको लिंग यसको प्रतिकको रुपमा पुजा गरिन्छ । भगवान शिवले ब्रह्मा र विष्णुबीचको उचाईको विवादलाई सुल्झाउन ईश्वरीय लिंग प्रकट गर्नुभयो । यो लिंगको शुरुवात र अन्त्य पत्ता लगाउदाँ ब्रह्मा विष्णुलाई शिवको ईश्वरीय स्वभाव को बारेमा थाहा भयो । उक्त समय देखि लिंगलाई देवीको रुपमा विश्वास गर्दै शिवको प्रतिकको रुपमा पुजा गर्दछौ ।

पौराणिक कथाअनुसार समुन्द्र मन्थनको क्रममा ,विषका कारणले भगवान शिवको शरीरमा विष बढ्यो । शिवलिंगमा आगो जलाउँन को लागी पानी चढाउने परम्परा जुन आजसम्म चल्दै आएको छ ।

वैज्ञानिक कारण अनुसार ह्डप्पा र मोहेन्जोरदारामा उत्खनन् गर्दा ढुंङ्गाले बनेको लिंग र कन्ट निकालेको छ । एउटा मुर्र्ति भेट्टाइएको छ जसको बोट गर्भबाट बाहिर देखाएको प्रमाण हो प्रारम्भीक सभ्यतामा मानिसहरु प्रकृतिका उपासक थिए । उनको विश्वास थियो की यो संसार सेक्स र वोलभाबाट उत्पन्न भएको हो । यसले लिंग उपासनाको परम्परा निम्त्यायो ।



प्रतिक्रिया दिनुहोस्