Logo

बेलायतका नेपाली विद्यार्थीलाई सहयोग मर्जिङ नेपसोसमार्फत



लण्डन । नेपाली दुताबास लण्डनले कोरोना भाइरसका महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्नसक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपाली मूलका विद्यार्थीहरुको संस्था मर्जिङ नेपसोसलाई जिम्मा दिएको छ ।

दुताबासका प्रवक्ता शरदराज आरणले सोमबार जारी  एक विज्ञप्तिमा दुताबासले बेलायतका बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न मर्जिङ नेपसोसका अध्यक्ष पवन कँडेललाई संयोजक तोकिएको र सो समितिले कार्य अगाडि बढाएको बताइएको छ ।

अहिले सो समितिले कोरोना भाइरसका महामारीका कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको जनाउँदै सो विज्ञप्तिमा राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरिरहेको र दुवै विवरणहरुलाई एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा मर्जिङ नेपसोसमार्फत सहयोग उपलव्ध गराइने बताइएको छ ।

विद्यार्थीहरुका समस्या समाधानको लागि राजदूतावासले बेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको र विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या आउन नदिन गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुलाई पनि आफ्नो सहयोग मर्जिङ नेपसोसमार्फत दुताबासले अनुरोध गरेको छ । सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण पारदर्शी तवरले प्रकाशित गरिने दुताबासले बताएको छ ।-वीनेपालीबाट



प्रतिक्रिया दिनुहोस्