Logo

१३ वर्षसम्म यी युवती घोडा बनेर बसिन्



ककेट हावर्ड नामकी एक युवती १३ वर्षसम्म एक घोडाको जस्तो जीवन व्यतित गरेकी छिन् । यी युवती एक घोडा जस्तै जमिनमा बसेर घोडा झै हिडेर घास खाँदै हिड्ने गर्थिन् । उनले यस्तो गर्नुको कारण उनी ६ वर्षको हुँदा उनलाई आफुभित्र घोडाको आत्माको वास भएको बताउँछिन् ।

यसपछि विस्तारै उनी घोडा बन्न थालेकी हुन् । स्कटल्यान्डमा बस्ने केटको पुरै बालपन खेतमा घुमेर बिताइन् । उनी खेतमा नै घुम्न सहज महसुस गर्थिन् । उनको विवाह भएको थिएन् उनलाई बुबाले धेरै सम्झाएका थिए तै पनि उनी घोडा जस्तो बन्न छाडिनन् ।

केटलाई बहिनी साराले घोडाको जस्तो जीवन जीउँन पुरै सहयोग गरिन् । उमेर बढ्दै जाँदा उनले घोडा बन्ने काम छाडेकी छिन् । तर पनि उनको लगाव घोडाप्रति उस्तै छ । उनले एक घोडा पनि पालेकी थिइन्, तर हाल भने घोडाको मृत्यु भइसकेको छ । उनका अनुसार आफुले पालेको घोडा र उनका पिताको निधनपछि उनको आत्मा बादलमा देखिनेछ । हाल उनी ठुली भैसकेकेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्