Logo

हात्तीको डरले रुखमा घर



झारखण्डको राजधानी रांचीको नजिक एक गाउँमा १५ भन्दा धेरै परिवारले रुखमा आफ्नो जिन्दगी गुजार्न वाध्य भएका छन् । वास्तवमा हात्तीले पुरै गाउँलाई तहसनहस बनाइदिएको हो । हात्तीले उनीहरुको घर भत्काइीदएको हो । यसरी पुरै गाउँका मानिसहरु जमिन छाडेर रुखमा बस्न बाध्य भएका छन् ।

कोही गाउँका मानिसहरु शहरमा कामको खोजीमा आएका छन् भने अन्य मानिसहरु त्यहि गाउँमा जिन्दगी गुर्जान बाध्य छन् । उनीहरुको ज्यान हात्तीको कारण खतरामा छ । राँचीबाट ४५ किमी टाढा बुंडु गाउँको लोहराटारमा बस्ने १५ परिवारले आफ्नो ज्यान बचाउनको लागि रुखमा घर बनाएका हुन् । हात्तीबाट बच्नकै लागि रुखमा सुत्ने गर्छन् । हात्तीको झुन्डले पछिल्लो वर्ष उनीहरुको घर भत्काएको थियो । पछिल्लो केही वर्ष यता १५४ हात्तीको मृत्यु पनि भइसके पनि हात्तीको आतंक भने रोकिएको छैन् ।

विशेषज्ञको अनुसार हात्ती हिड्ने बाटोमा मानिसहरुले घर बनाएका थिए । यसैकारण हात्ती रिसाएर बस्ती नै भत्काइदिएको हो । हात्तीहरु वार पार गर्दा राजमार्ग नै घन्टौ अवरुद्ध हुने गरेको छ । यी हात्तीका झुन्डले घर भत्काएर मानिसहरुलाई नै मार्ने गरेका छन् । एक रिपोर्ट अनुसार अहिलेसम्म बिहारबाट अलग भएको झारखण्ड गठनपछि हात्तीले १ हजार भन्दा धेरै मानिसहरुको ज्यान लिइसकेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्