Logo

यी ठाउँका ३ सय केटीले विवाह गर्न पाएका छैनन्



ब्राजीलमा करीब ६ सय महिलाहरु भएको एक गाउँमा ३ सय महिलाहरुले आफ्नो लागि वर पाएका छैनन् । यो स्थानमा करीब १ सय वर्षदेखि बाहीरी दुनियाँसँग सम्बन्ध बिच्छेद भएको छ र गाउँमा अविवाहित पुरुषको सख्या पनि कम हुन्छ ।

अविवाहीत महिलाको उमेर २० देखि ३५ वर्षकोबीच रहेको छ । उनीहरु वास्तवमा विवाह गर्न चाहान्छन् तर विवाह गर्नको लागि स्थान भने कोही छोड्न चाहादैनन् । त्यहाँका युवतीहरु विवाह पछि पनि केटालाई त्यही स्थानमा ल्याएर निति नियममा बसाउन चाहान्छन् ।

नेल्मा फार्नाडिसले बताएको अनुसार त्यो स्थानमा बस्ने सबै पुरुष विवाहीत हुन्छन् र एक अर्कामा नातेदार पनि हुन्छन् । मातृ सतात्मक त्यस स्थानमा खेती किसानदेखि बाकी सबै काम महिलाले नै सम्हाल्छन् । धेरै महिलाको पति र १८ वर्ष पुगेका छोरा कामको लागि टाढा शहरमा गएका हुन्छन् ।

मजबुत महिला समुदायमा मारिया सेनहोरिनडा डी लीमा लाई राखिएको थियो । उनलाइे केही कारणले १८९१मा घरबाट निकालिदिएका थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्