Logo

४० वर्षका पुरुषले १२ वर्षीया गर्भवती बालिकाको बारेमा यसो भनेपछि…



चीनको एक अस्पतालमा १२ वर्षकी एक बालिका गर्भवती भएको खबर बाहिर आएको छ । यसको खुलाशा त्यो समयमा भयो, जब ४० वर्षका एक पुरुषले ती बालिकालाई जाँचको लागि अस्पताल लिएर गए ।

तर ती मानिसले अस्पतालमा ती बालिका २० वर्ष भएकी र उनको पेटमा ३ महिनाको गर्भ भएको जानकारी दिएका थिए । डाक्टरहरुले बालिकालाई देखेर शंका गरे । ती पुरुषको साथमा एक महिला पनि थिइन् । ति महिलालाई बालिकाले आफ्नो सासु बताएकी थिइन् ।

डाक्टरहरुलार्ई आशंका लागेपछि बालिकाको बारेमा स्थानिय अधिकारीलाई दिए । डाक्टरहरुले बालिकाले कुरा गर्न कोशिश गरेपनि बालिकाले कुनै जवाफ दिइनन् । बालिकाले भाषा नबुझेर हो वा उनलाई नबोल्न भनिएको हो ।

प्रहरीले अनुसन्धान गरेपछि युवतीसँग चीनको कुनै परिचयपत्र नभएको निष्कर्ष निकालेको छ र दक्षिण पुर्व एशियाको कुनै एक देशको नागरिक हुनसक्ने बताएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्