Logo

लुकेर चुम्बन गरेको भिडियो बाहिरिए पछि…



एक जोडी भित्ता पछाडी चुम्बन गरिरहेका थिए यसैक्रममा तीन युवतीहरु अचानक आइपुग्छन् र एकाएक ती युवतीमाथि आक्रमण गर्छन् । सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि स्थानिय मिडियाहरुले यस विषयलाई उठाएका थिए ।

भिडियोमा देखिएको एक जोडीले भित्ताको पछाडी एक अर्कालाई चुम्बन गरीरहेका थिए । रिपोर्टका अनुसार यो भिडियो रुसको हो । रुसको भिडियो भएपनि रुसको कुन स्थानको हो भन्ने पत्ता लागेको छैन् । भिडियोमा जोडीले चुम्बन गरीरहेका देखिन्छन् । यी सबै गतिविधिलाई एकजना व्यक्तिले क्यामेरामा कैद गरेका थिए ।

भिडियोमा केटा र केटीले चुम्बन गरेको समयमा ३ जना युवतीहरु पुगेर उनीहरुमाथि कुटेको स्पष्ट रुपमा देखिन्छ । ३ युवतीले चुम्बन गर्ने युवतीलाई नै पिटेको देखिएको छ । पुरुषले भने युवतीलाई बचाउन पुरै कोशिश गरेका छन् । हालसम्म के कारणले कुटपटि र युवतीमाथि आक्रमण भएको भने कुनै जानकारी आएको छैन् ।

३ युवतीहरुले पुरुषलाई युवतीसँग जबरजस्ती छुटाएर तानेर लगेको देखिएको छ । र युवती पनि उनीहरुकै पछि लागेर गएको देखिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्