Logo

म्याराथनमा छोरीलाई दौडदै ब्रेस्ट पम्म गर्ने यी महिला



म्याराथनमा धेरै जसोको सास फुल्ने गर्छ तर, एक यस्तो दृष्य दौडमा देखिएको छ जसले जो काही पनि एक पटक सोच्न बाध्य हुन्छन् । यस महिलाको बीच म्याराथनमा हिम्मत देखेर जो मानिस पनि दंग परेका थिए ।

सुत्केरी भएको पाँच महिनापछि एना यंगले म्याराथनमा भाग लिइन् र सबै भन्दा ठुलो कुरा त म्याराथनको क्रममा आफ्नो बच्चालाई खुवाउँन ब्रेस्टबाट पम्पको सहायताले दुध निकालेकी हुन् । एना एक अनुभवी म्याराथन रनर थिइन् । उनले अप्रिलमा छोरीलाई जन्म दिएकी थिईन ।

रेसपछि एनाले बे्रेस्ट फीडिंग सर्पोट फेसबुक पेजमा ब्रेस्ट पम्प गरेको फोटो आफै सेयर गरेकी थिइन् । हाफ–म्याराथनमा भाग लिएकी एनाले आफ्नो बच्चीलाई मध्य दौडकोबीच ब्रेस्ट पम्पको सहायताले दुध निकालेकी थिइन् ।

एनाले पोस्ट गर्दै लेखेकी थिइन्, ‘आज सुत्केरी भएको पाँच महिनापछि हाफ–म्याराथनमा दौडिए । म बिहान साढे चार बजे घरबाट निस्किएको थिए र रेस पौने सातबाट सुरु हुने थियो । घरबाट निस्कनु भन्दा पहिला छोरीलाई दुध पिलाएको थिए । पहिला ८ मील दौडिएपछि ब्रेस्ट पम्पिग गरे र फिनिश लाइन पुरा गरेपछि दुध पिलाए ।’ उनले पोस्टमार्फत ब्रेस्टफीडिंग कम्युनिटीलाई धन्यवाद पनि दिएकी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्