Logo

एकै मिनेटमा कसैको सहयोग बिना बच्चा जन्माउने यी महिला



ब्रिटेनमा एक महिलाले करीब ६० सेकेन्डमा भन्दा पनि कम समयमा एक बच्चाको जन्म दिएकी छिन् । उनले एक नयाँ रेकर्ड कायम गरेकी छिन् । करीब ६० सेकेन्ड भन्दा पनि कम समयमा बच्चाको जन्म दिने महिलाको नाम जेसिका स्टबिन्स हो ।

जेसिकाले एक सुन्दर र स्वस्थ्य नानीको जन्म दिएकी छिन् । जेसिका प्रसवको लागि पति टामसँग अस्पताल पुगेकी थिइन्, तर उनका पति टाम केहि समय कार पार्किङ गर्न गएका थिए । यस क्रममा जेसिका अस्पतालको गेटसम्म पुगेकी थिइन् ।

त्यतिबेला उनलाई असहनीय दुखाई भयो र गेटको नजिक टाउको झुकाएर उभिरहिन् । उनलाई प्रसव पिडा यति धेरै भयो कि उनले आफुले लगाएको ट्राउजर तल सारीन् र केही सेकेन्डमा बिना कुनै मेडिकल सहयोग उनले त्यहि बाहिर नै स्वस्थ्य बच्चीको जन्म दिइन् ।

उनको त्यो पुरै घटना सीसीटिवी फुटेजमा रेकर्ड भएको थियो । यस बारेमा टामले हासो गर्दै आफु जम्मा १ सय फिट टाढा भएको बताएका छन् । तर, अचम्म चाँही त्यत्ति नजिक हुँदा पनि आँखाले भने नदेखेको जानकारी दिएका छन् । उनीहरुले नानीको नाम लुसी राखेका छन्, उनको एकजना दिदी पनि छिन् । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्