Logo

कबाडीसँग खरिद गरेको सामानले रातारात करोडपति बने यो जोडी



मानिसहरुको दिन फेरिन धेरै समय लाग्दैन । भाग्य चम्किन बेर लाग्दैन भन्ने एक उदाहरण युरोपका एक जोडीले दिएका छन् । यदि हाम्रो पनि रातारात भाग्य पर्वितन भएमा कस्तो महसुस होला । स्कटल्यान्डमा बस्ने एन्जेला र एंगस नामका एक जोडीको भाग्य एक्कासी चम्किएको हो ।

१० वर्ष अगाडी कवाडीसँग कुर्सी खरिद गरेका यो जोडीले पछि यसैले भाग्य परर्वतन होला भन्ने सोचेका पनि थिएनन् । त्यो समयमा उनीहरुसँग कुर्सी मर्मत गर्ने पैसा थिएन् र ६ वर्षसम्म स्टोर रुममा राखे ।  ६ वर्षपछि कुर्सीको मर्मत गर्न लाग्दा पो कुर्सीमा हिरा जोडिएको एंगसले थाहा पाए । एंगसले यो कुरा पत्नीलाई भनेनन् । विवाहको विवात्सवको अवसर पारेर उनले पत्नीलाई हिराको औठी उपहार दिएर आश्चर्यमा पारे । अर्को दिन हिराको चुरा पनि उपहार दिए । उनीहरुले कुर्सीको तल पुराना मालिकले हिरा लुकाएका र पछि बिर्सिएका हुनसक्ने अनुमान लगाएका छन् । एंगसले हिराको गहना कुर्सीको मर्मत गर्ने क्रममा भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्