Logo

विश्वको खतरनाक बाटो



चीनमा माउन्ट हुआंग्शन चीनीयाँ मानिसहरुको लागि धार्मिक स्थल हो । यो चीनमा भएको ५ पवित्र स्थान मध्ये एकमा पर्छ । यो मन्दिरमा दर्शन गर्नको लागि मानिसहरुले ज्यान धरापमा राखेर पुग्ने गर्छन् । माउन्ट हुआंग्शनसम्म जाने बाटो यो विश्वकै सबैभन्दा धेरै खतरनाक बाटो मध्ये एक मानिएको छ ।

यो बाटोमा जाँदै गर्दा खतरनाक पुल र पहरा पनि क्रस गर्नुपर्छ । यो बाटोमा सानो गल्तीले पनि मानिसहरुको मृत्यु हुन सक्छ । यति धेरै खतरानाक बाटो भएपनि पर्यटकहरु पनि रमाइलो मान्दै जाने गरेका छन् ।

त्यहाँ मानिसहरु खतरानाक पुलबाट जाने गर्छन् । त्यसबाटोमा सिधै उभिएर साङ्लोमा समातेर छातिमा सुरक्षा दिने पेटी लगाएर पहाड जस्तो डाडाँमा चढ्नु पर्छ । मानिसहरुले आफ्नो ज्यान हत्केलामा राखेर बाटो हिडिरहेका हुन्छन् ।

माउन्ट हुआंग्शेनबाट तल खसेमा मरेको शव पनि भेटिन सक्दैन । ७ हजार फिट माथि पुल छ । माउन्ट हुआंग्शन पाँच पहाडको भाग हो, जसको आकृति फुल जस्तै देखिन्छ । यो बाटो हिड्नेहरु मध्ये १ सय भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । यति खतरानाक हुँदा पनि पर्यटकहरुको सख्यामा कुनै कमी छैन् । प्रत्येक दिन १०० जना मानिसहरु त्यो बाटो हिड्ने गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्