Logo

४ वर्षीय बच्चाको पेटमा लक्ष्मी भगवानको मूर्ति



भारतको कर्नाटकमा ४ वर्षका बच्चाको पेटबाट लक्ष्मी मूर्ति निक्लिएको छ । रायचुर शहरमा बच्चाको पेटबाट लक्ष्मीको मूर्ति भेटिएको हो । बच्चाले खेल्दा खेल्दै मूर्ति निलेको थियो । छिमेकीले ५ दिन अगाडी दिएको सानो आकारको लक्ष्मीको मूर्ति उपहार थियो । त्यो उपहार बच्चाले निकै मन पराएको थियो । बच्चाले जतिबेला पनि लिएर घुम्ने गर्थ्यो । स्कुलमा पनि लैजाने गरेको थियो । बिहीबार बच्चा बहिनीसँग खेलिरहँदा अचानक पेट दुख्न सुरु भयो ।

बच्चालाई बेस्सरी पेट दुखेपछि परिवारले शंका लागेर मूर्तिको खोजी गर्न थाले । तैपनि कतै मूर्ति भेटिएन् । बच्चालाई तुरुन्त उपचार गर्न लगियो । डाक्टरले जाँच गरेपछि मूर्ति भएको पुष्टि भयो । अन्तमा डाक्टरले इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकाले ।

डाक्टरले मूर्ति सानो भएकोले आन्द्रासम्म नपुगेकोले सौभाग्य भएको बताएका थिए । मूर्तिको विषले बच्चाको शरीरमा फैलन सक्थ्यो र त्यसको असर धेरै पर्ने थियो । तर डाक्टरले तुरुन्तै बाहिर निकालिदिए र त्यसको असर कतै पनि फैलन पाएन् ।

बच्चाको उमेर सानै भएकोले अपरेसन नगरेर एन्डोस्कोपी गरेर मूर्ति निकाल्ने निर्णय गरेको डाक्टरहरुको टिमले जनाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्