Logo

सुन्दरी प्रतियोगितामा छोरीलाई पछि पार्दै विजेता बनिन् ४१ वर्षीया आमा



अमेरिकाको आरलैन्डामा भएको गैलैक्सी इन्टरनेशनल पेजेन्टमा ४१ वर्षीया लुईस प्रिचर्सले आफ्नो १८ वर्षीया छोरीलाई हराइदिएकी छिन् । ४ दिनसम्म चलेको इभेन्टमा साराहले मिसेज गैलेक्सी इन्टरनेशनल क्राउनमा आफ्नो नाम राख्न सफल भएकी हुन् । उनकी छोरी एला मिस टीन गैलेक्सी प्रतियोगितामा पाँचौ नम्बरमा थिइन् ।

ब्रिटेनमा बस्ने ४१ वर्षीया साराह लुईस र उनकी छोरी एला रेवेन्सक्राफ्ट एकै सुन्दरी प्रतियोगि बनेका थिए । प्रतियोगितामा भाग लिएका यी दुईलाई ज–जसले यी आमा छोरी भनेर पछि थाहा पाए सबैजना आश्चर्यमा परेका थिए ।

विभिन्न क्याटागोरीमा विश्वभरबाट आएका सुन्दरीहरु ग्लोबल अवार्डको लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर साराहले सबैलाई पछि पार्दै मिसेज गैलेक्सी इन्टरनेशनल अवार्ड आफ्नो हात पारेकी थिइन् । आमा छोरीको साथै अन्य ११ जना बलियो समुह फ्लोरिडाबाट सहभागी थिए । उनकी छोरी एला मिस टिन गैलेक्सी प्रतियोगिताको पाँच नम्बरमा थिइन् । प्रतियोगिता पछि आमा साराह मिसेज गैलेक्सी युके र छोरी एला रेवेन्सक्राफ्ट मिस टिन गैलेक्सी इग्ल्यान्ड घोषित भएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्