Logo

गधाको दुध नवजात बच्चाको लागि उत्तम, प्रति चम्चाको ५० रुपैयाँ



भारतका विशाखापट्टनमका मानिसहरुले गधाको एक लीटर दुधको लागि २ हजार रुपैयाँ तिर्न पनि तयार छन् । एक कप गधाको दुधको लागि २ सय रुपैयाँ दिन्छन् । चेन्नई र बेंगलुरुमा मानिसहरु गधाको दुधकै लागि घन्टौसम्म पर्खिरहेका हुन्छन् ।

वास्तवमा गधाको दुधले बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसकारण मानिसहरु गाई, भैसीको दुध छाडेर धेरै मुल्यमा खरिद गर्न तयार हुन्छन् । सबैभन्दा धेरै गधाको दुध खरिद नवजात बच्चाको आमाहरुले गर्छन् ।

बेगंलुरुमा एक व्यक्तिले एक चम्चाको गधाको दुध ५० रुपैयाँमा बेचिरहेका छन् । यी किसानको नाम कृष्णप्पा हो र उनको गधाको नाम लक्ष्मी हो । उनले गधालाई दैनिक सडकमा नै घुमाउने गर्छन् । गधाको दुधले चिसो, खोकीबाट राहत दिन्छ भन्दै सडकबाट नै दुध बिक्रि गर्छन् । गधाको दुध बच्चाको स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ ।

गधाको दुधमा आमाको दुध समान पौष्टिक तत्व हुन्छ । यसमा लाइसोजाइम जस्तो तत्व पाइन्छ, जुन प्रतिरोधी क्षमताको लागि उत्तम चीज हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्