समय फेरिएको छ । समयको साथमा भिकारीको भिख माग्ने तरिका पनि बदलिएको छ । अमेरिकाको मिशनमा बस्ने ४२ वर्षीय हैगनस्टोन नामका एक भिकारीले हात फैलाएर कटौरा राखेर भिख माग्दैनन् । उनले एटिएम मेशिनको अगाडि बसेर मानिसहरुसँग भिख माग्दै आएका छन् ।
ती भिकारी अमेरिकामा मात्र नभएर विश्वभर नै आफ्नो माग्ने स्टाइलकै कारण लोकप्रिय भएका छन् । हैगनस्टोनले पछिल्लो केहि वर्षदेखि रेड लाइटमा भिख माग्ने काम गरिरहेका छन् ।
पहिला–पहिला मानिसहरुले खुला पैसा छैन भन्दै दिन मान्दैनथे तर उनले अहिले क्रेडिट कार्डबाट नै पैसा माग्न सुरु गरेका छन् । उनले मशीनबाट भिजा, मास्टर कार्ड र अमेरिकन कार्ड एक्सेप्ट गरेर भिख माग्ने गर्छन् ।
रेड लाइट हुनेको क्रममा भिकारीले ट्राफिकमा ग्रिन सिग्नल हुँदा सम्म आफ्नो एकाउन्टमा पैसा ट्रान्सफर गरिसक्छन् । यी भिकारीले लिक्डइनमा आफ्नो प्रोफाइल पनि बनाएका छन्, जसमा लेखिएको छ होटलको जरुरत छ, सबै शेल्टर भरिसकेको छ । यसरी स्वैप मशीन लिएर भिख माग्नु यो पहिलो पटक भने होइन् यो भन्दा पहिला भारतका एक भिकारीले पनि प्रयोग गरेका थिए । एजेन्सी