स्विडेनमा एक महिला प्रहरीले चोर समात्नलाई नयाँ तरिका अपनाएकी छिन् जसको चौतर्फी प्रशंशा भएको छ । वास्तवमा महिला प्रहरी माइकेला केलनर ड्युटीमा थिइनन् । उनी प्रहरी साथीसँग बिकिनी लगाएर घाम ताप्दै बसेकी थिइन् ।
उनले चोरलाई साथीहरुको सहायताले समातेकी हुन् । चोर मोवाइल फोन चोरेर भागिरहेको थियो । उनले बिकिनी लगाएपनि चोरको पिछा गरिन् र समात्न सफल भइन् । बिकिनीमा चोर समातेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उनी स्टाकहोमको रालम्बशाव पार्कमा आफ्नो साथीसँग घाम ताप्दै थिइन् । त्यहि समयमा एक व्यक्ति आयो र आफु बिक्रेता भएको परिचय दिदैँ कम्बल मुनि राखेको सामान चोरेर गएछ । एकछिन पछि एक साथीको मोवाइल राखेको स्थानमा नभेटेपछि खोज्न सुरु गरे ।
त्यो व्यक्ति मोवाइल लिएर अगाडी भागिसकेको थियो । तर, माइकेलाले बिकिनीमा हुँदा पनि आफ्नो कर्तव्य पालन गर्दै चोरलाई समात्न सफल भइन् । मानिसहरुले माइकेलाको यो कामको निकै तारीफ गरेका छन् । एजेन्सी