सर्प एक यस्तो जीव हो, जसलाई देखेर जो पनि डराउँन सक्छ । कोही सर्प देखेर भाग्छन् भने कोही सर्पलाई मारेर आफुलाई सुरक्षित राख्छन् । तर, भारतको राचीमा बस्ने एक युवकले सर्पलाई मार्दैनन्, तर बचाउँछन् । यी युवकको नाम विवेकानन्द हो । राँचीको आसपासमा कुनै सर्प देखेमा विवेकानन्दलाई बोलाउने गर्छन् ।
यी युवक यस काममा निकै पारगंत छन् । उनले सर्पलाई नमारी भगाइदिन्छन् । ‘स्नेक म्यान’ को नामले पनि परिचित विवेकानन्दलाई धेरै पटक त सर्पले टोकेको पनि छ । सर्पले टोकेपनि उनले परवाह नगरी आफ्नो काममा लागिरहन्छन् । विवेकानन्दले सर्पको विषबाट एन्टी वेनमको निर्माण गर्छन् । जसको प्रयोग सर्पदंशको औषधिको रुपमा हुन्छ ।
उनले सरकारसँग सर्पको विष निकाल्नको लागि अनुमति मागी रहेका छन् । उनी १३ वर्षको उमेरदेखि सर्प समात्न थालेका विवेकानन्द वर्तमान समयमा त झन खप्पिस भएका छन् ।
विवेकानन्दको अनुसार, आफ्नो खुशीको लागि जीवहरुको हत्या गर्नुहुँदैन । उनले सर्पलाई भेट्टाएपछि जंगलमा लगेर स्वतन्त्र रुपमा छाड्नुपर्छ । हाल उनी सर्प बचाउँने अभियानमा लागिरहेका छन् । हालसम्म १४ सय सर्पलाई बचाएका छन् उनले । विवेकानन्द राची विश्वविद्यालयबाट एमएमसी गरीरहेका छन् र सर्पको संरक्षणको लागि ‘सरवाइवल अफ नेचर एडं कीपर अफ अर्थ’ नामको एक सस्थापनि खोलेका छन् । एजेन्सी