Logo

कुकुरको मृत्युपछि प्रेमि–प्रेमिकाबीच तनाव



एक जोडीको राम्रोसँग चलिरहेको प्रेम सम्बन्ध कुकुरको मृत्युलाई लिएर तनावपुर्ण स्थितिमा गुज्रिएको छ । वास्तवमा प्रेमिकाले आफ्नो कुकुरको हत्या प्रेमीको साथीले गरेको आरोप लगाइरहेकी छिन् । ती व्यक्ति प्रेमिकासँग २ वर्षदेखिसँगै बस्दै आएका छन् । अचानक केही दिन पहिला कुकुरको स्वास्थ्यमा समस्या आएको थियो । प्रेमीले नै कुकुरलाई अस्पताल लगेर गएका थिए ।

कुकुरको अस्पतालमा प्रेमीकै साथी डाक्टरले जाँच गरेका थिए र कुकुरलाई बचाउन पुरै कोशिश गरेका थिए । तर, कुकुरको मृत्यु भयो । समय बित्दैजाँदा यो विषय सेलाउन पर्नेमा प्रेमिकाले डाक्टर साथीले कुकुरको हत्या गरेको आरोप लगाइरहेकी छिन् । त्यो डाक्टर साथीसँग नभेट्न पनि उनले प्रेमिलाई भनेकी छिन् ।

कुकुरको मृत्यु र साथीमाथि लगाएको आरोपले गर्दा आफ्नो सम्बन्धमा समस्या आएको भन्दै प्रेमीले इन्टरनेटमा सेयर गरेका छन् । कसैले त प्रेमिकालाई काउन्सेलिङको आवश्यकता भन्दै सुझाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्