पुरुषको लागि गर्भनिरोधक चक्की तयार हुन लागेको छ । ओसाका विश्वविद्यालयको एक सस्थानमा वैज्ञानिक हारुहिको मियातको नेतृत्वमा यस विषयमा अनुसन्धान भइरहेको छ । वैज्ञानिकहरुले अंग प्रत्यारोपण गर्ने २ औषधीबाट पुरुषको लागि गर्भ निरोधक चक्की बनाउन लागेको बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार, अंग प्रत्यारोपण गर्नमा प्रयोग गर्ने औषधिहरु साक्लोस्पोरिन र टैक्रोलिमसले पुरुषको स्पर्ममा गर्भ बसाउन सक्ने क्षमतालाई निस्कृय बनाउन सक्छ । यी दुवै औषधीमा बिरामीलाई खतराबाट बचाउँनको लागि कैल्सिनेयुरिन नामको एन्जाइम हुन्छ ।
मुसामा गरिएको यसको परिक्षणले मुसा अनुवांशिक रुपबाट गर्भ उत्पत्ती गर्न नै असक्षम भएको थियो । मुसोमा परिक्षण गरेको सफल भएपछि पुरुषमा पनि गर्भ निरोधक चक्की बन्ने सम्भावना बढेर गएको वैज्ञानिकहरुको टिप्पणी छ । अब चाडैनै बजारमा आउँन सक्ने वैज्ञानिकहरुले बताएका छन् । एजेन्सी