Logo

पति बिना एक्लै हनिमुन जाने यी महिला



हनीमुन नयाँ विवाहित जोडीले मनाउने गर्छन् ताकी एक अर्कालाई नजिकबाट चिन्ने मौका मिलोस् । तर पाकिस्तानमा बस्ने एक महिला हुमा मोबिनले एक्लै हनिमुन मनाएर देखाइदिएकी छिन् ।

कराँचीमा बस्ने हुमाका विवाह एक वर्ष पहिला अरसलानसँग भएको थियो । दुवैजनाले हनीमुनको लागि जाने स्थान ग्रीस रोजेका थिए । उनीहरुको साथमा परिवारका अन्य सदस्य पनि जाने तयारीमा थिए तर, अरसलानलाई भिसा मिलेन ।

भर्खर विवाह गरेका जोडीमध्ये एकजनालाई भिसा नमिलेपछि हुमाले घुम्न जाने योजना रद्द गर्न चाहिन् तर, घरका सासु ससुराले रद्द नगरेर एक्लै जानलाइृ कर गरेपछि अरु परिवारलाई लिएर ग्रीसको यात्रामा निस्किएका हुन् । पति बिना पत्नीले एक्लै कसरी हनीमुन मनाउने उनलाई गाह्रो भयो । तर, हुमाले एक्लै बसेर एक लोकेसनमा उदासी अनुहार पार्दै एक हात हावामा उडाउँदै गरेको फोटो खिचेर पतिलाई धेरै याद गरेको संकेत गरेकी थिइन् ।

हुमा ग्रीसका सबै फोटोमा उदासी देखिन्थिन् । हुमाले फेसबुकमा राखेका तस्वीर भाइरल भएका थिए । उनले फोटो खिच्नलाई पतिले नै सिकाएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्