Logo

१४६ किलोकी महिलाले घटाइन् ८८ किलो तौल



एक अमेरिकी महिलाले आफ्नो ८८ किलो तौल जबरजस्ती घटाएर कायापलट गरेकी छिन् । उनको तौल १४६ किलो पुगेको थियो । तर, ८८ किलो तौल घटाएर सफलता हासिल गरेकी छिन् । टेक्सासमा बस्ने लिड्से हुवरले तौल घटाउँनको लागि १० लाख रुपैयाँ खर्च गरेकी हुन् ।

२३ वर्षीया यी महिला एक बच्चाको आमा पनि हुन् । उनले सपना जसरी आफ्नो तौल घटाएर मानिसहरुको हेर्ने दृष्टि नै परिर्वतन गरेकी छिन् । उनको तौल करीब डेढ क्विन्टलसम्म पुगेको थियो । बढ्दै गएको अत्यधिक तौलको कारण उनको जीवन तहसनहस भएको थियो । यसकारण उनले जति नै खर्च गरेर भएपनि तौल घटाउँने उनी पुगिन् ।

उनले धेरै तरिकाले मोटापन घटाएपनि शरीरका झुन्डिएका छाला जम्मा भए । अहिले भने सबै समस्या हटेर राम्रो भएको छ । उनले ८८ किलो तौल घटाएकी छिन् । अब उनले फिटिङ कपडा लगाउन सक्छिन् । पुराना कपडा उनलाई ठुलो हुन थालेको छ ।

तौल घटाउन उनले गैस्ट्रिक बाइपासको साहारा लिएकी थिइन् । त्यसको साथमा खानपान पनि परिर्वतन गरेकी थिइन् । जंकफुड जस्ता बाहिरका खाना बन्द गरेकी छिन् । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्