सेक्स एण्ड लन्डन सिटी नामको ब्लग फाउन्डर निक्सालिना वाटसनले केही दिन अगाडी एक कसम खाएकी थिइन्, उनले एक वर्ष सम्म यौन सम्बन्ध नराख्ने । तर, उनले यो कसमको ११० दिनमा कसम तोडेकी छिन् । वास्तवमा निक्सालिनाले आफ्नो ब्लगमार्फत सेक्स र लवको बारेमा कुरा गर्छिन् ।
एक वर्ष अगाडी उनले पुरुषसँग डेटिङ जाने रुचि नभएको र पुरुषहरुको सोच ओछ्यानसम्म पुग्ने मात्र भएको बताएकी थिइन् । उनले गरेको यस्तो निर्णयलाई ब्लगमा राखेकोले धेरैले प्रंसशा गरेका थिए । उनको यहि निणर्यकै कारण धेरै महिलाहरुको उनी प्रेरणाको श्रोत बनेकी थिइन् ।
वाटसनले १ वर्षसम्म यौन सम्बन्ध नराख्ने पनि बताएकी थिइन् । तर, तीन महिनापछि निणर्य तोडेकी छिन् । उनले एक पार्टीमा सुन्दर युवा भेटेपछि उनको कसम तोडिएको हो । वाटसनले पुरुषलाई घरमा नै ल्याएर यौन सम्बन्ध बनाएकी हुन् ।-एजेन्सी