Logo

अति सुन्दरी भएकै कारण यी युवती घरबाट बाहिर निस्कन प्रतिबन्धित



सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएकोे कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् । उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् । एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् । अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।

उनले आफ्नो साचो मायाको पर्खाइमा छिन् । बुवा आमाले शिश महलमा राखेका छन् उनलाई । एक दिन अवश्य बाहिर निस्कनेछिन् । एंजेलिकाको अनुसार माता पिताले एक राजकुमारी जसरी हुर्काएक थिए । कहिल्यै पनि बाहिर जान दिइएन् नत कुनै युवासँग डेटिङ गर्न दिए । उनले आजसम्म कोहीसँग कुनै सम्बन्ध बनाएकी छैनन् र उनी जिन्दगीमा फिट नभई एक गुडिया बनेकी छिन् ।

उनले अभिभावकले बनाइदिएको सुची अनुसार डायट र एक्सरसाइजको कारण आफु फिट भएको पनि बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्