Logo

१७ जना युवतीसँग एकैपटक प्रेम गर्ने यी युवक



यो समाचार उनीहरुको लागि हो जसले लुकिछुपी कसैलाई नभनी एक भन्दा धेरै प्रेमिका बनाएका छन् । चीनको हुनान प्रान्तमा बस्ने एक व्यक्ति दुःखमा फसेका छन् । उनको एकै समयमा १७ प्रेमिका भएको खुलासा भएको छ ।

हुनान निवासी युवक इश्क फरमानेले एक अर्को प्रेमिकासँग लुकाउँदा लुकाउँदै १७ जना प्रेमिका बनाएका हुन् । उनले कति प्रेमिकालाई गर्भवती पनि बनाए भने कतिलाई घरबारविहिन बनाइदिए ।

उनी एकदिन बिरामी भएर अस्पतालमा भर्ना भएपछि १७ जना प्रेमिका भएको खुलाशा भएको हो । घाइते भएका ती युवक बिरामी भएको खबर सबै प्रेमिकासमक्ष पुग्यो र सबैजना एक–एक गरेर उनलाई भट्न अस्पताल पुगे । त्यहाँ पुगेका सबैले युआनको प्रेमिका भएको बताए पछि सबैजना आश्चर्यमा परे ।

प्रेमिकाहरु एक आपसमा कुरा गर्दै जाँदा युआनले सबैसँग शारीरिक सम्बन्ध राखेको खुल्न आयो । कसैले गर्भवती भएको र कसैले गर्भ समेत फालेको उनीहरुबीच कुरा भयो । सबै कुरा थाहा पाएर युआनको विरुद्ध प्रेमिकाहरुले प्रहरीमा उजुरी दिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्