काठमाडौं, पुस १३ । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका अर्को विश्वविख्यात उपाधि जितेका छन्। सोमबार साँझ भएको फाइनल राउन्डमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि हात पारेका हुन् ।
सिरहाका ३४ वर्षिय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए।