Logo

भारतमा ७ हजार संक्रमित थप, महाराष्ट्रमा सिनेमा हल, रेस्टुरेन्ट, थिएटरहरू खुल्दै



एजेन्सी, १९ फागुन । देशमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९१५ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जुन सोमबारको तुलनामा १४ प्रतिशतले कम हो । साथै मंगलबार १ सय ८० बिरामीको मृत्यु भएको छ ।

अघिल्लो दिन कोरोना महामारीलाई १६ हजार ८६४ जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा १० हजार १२९ सक्रिय संक्रमितको संख्यामा कमी आएको छ भने हाल देशमा कोरोना सक्रिय संक्रमितको संख्या ९२ हजार ४७२ रहेको छ ।

केन्द्रीय गृह मन्त्रालयले शुक्रबार राज्य र केन्द्र शासित प्रदेशहरूलाई कोरोनाका कारण लगाइएको प्रतिबन्धहरू खुकुलो पार्न निर्देशन दिएको छ। यसपछि मुम्बई लगायत महाराष्ट्रका १४ जिल्लामा १००% क्षमताका रेस्टुरेन्ट, सिनेमा हल, थिएटर, स्विमिङ पुल, धार्मिक स्थल र मनोरञ्जन पार्क खोल्ने घोषणा गरिएको छ ।

तमिलनाडु सरकारले पनि कोरोना प्रतिबन्धलाई खुकुलो बनाएको छ। यसमा राजनीतिक र सांस्कृतिक कार्यक्रममाथिको प्रतिबन्ध हटाउने पनि समावेश छ। यससँगै विवाह र अन्त्येष्टिमा ५०० जना सहभागी हुन पाउनेछन् । यो छुट बिहीबारदेखि लागू हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्