Logo

४२२७ दिनपछि चीनमा विमान दुर्घटना हुँदा कोही पनि जिवित भेटिएनन्



एजेन्सी, ८ चैत्र । चीनले हवाई उडानमा सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आएको थियो । ४२२७ दिनयता चीनले कुनैपनि विमान दुर्घटना नभएको रेकर्ड प्रस्तुत गर्दै आएको थियो । ७ चैत्रको साँझ चिनियाँ हवाई सुरक्षाको किर्तिमान रोक्किएको छ ।

४२२७ दिनपछि चीनमा विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको हो ।

र्घटनास्थलमा कोही पनि जिवित भेटिएनन् । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको हो ।

सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान पहाडमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान राडारको सम्पर्कमा नआएपछि खोजीका क्रममा दुर्घटनामा परेको भेटिएको थियो ।

सन् २०१५ मा खरिद गरी सञ्चालनमा ल्याइएको विमानमा १६२ सिट रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्