Logo

डिआइजी बढुवाको दौडमा को को ?



काठमाडौं, २४ चैत्र । नेपाल प्रहरीमा रिक्त तीन डिआइजीका लागि ३ दर्जन एसएसपीहरुको दौडधूप चलेको छ । तीनजना डिआइजी एआइजीमा बढुवा भएपछि रिक्त पदमा दौडधूप चलेको हो ।

तीन डिआइजीको दरबन्दी सृजना गरी वसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गरिएको थियो । अब निर्वाचन आचारसंहिता लाग्ने भएकाले आजै बस्ने क्याबिनेटबाट डिआइजीको बढुवा गर्ने सम्भावना पनि देखिएको छ ।

डिआइजी बढुवामा दीपक थापा, उमेशराज जोशी, टेकप्रसाद राई, रामदत्त जोशी, श्याम ज्ञवाली, वसन्तबहादुर कुँवर, सन्दीप भण्डारी, अशोक सिंह, भीम ढकाल, दुर्गा सिंह, सुदिप गिरी, यज्ञबिनोद पोखरेल, विष्णु केसी, कुबेर कडायत, राजेश बास्तोला, जनक भट्टराई, केदार ढकाललगायत प्रतिष्पर्धामा छन् ।

उमेशराज जोशी, रामदत्त जोशी र दीपक थापाले बाजी मार्ने सम्भावना बढेको छ । तर, अन्य प्रतिष्पर्धीहरु पनि तिव्र दौडधूपमा छन् ।



प्रतिक्रिया दिनुहोस्