Logo

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने



काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ ।

एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ ।

पोखरेलसँगै एआइजी थापा पनि अदालत जाने चर्चा थियो । तर, उनी ब्याक भएका छन् ।

एआइजीका रुपमा आफ्नो ब्याचीमध्ये विश्वराज पोखरेल पहिलो, सहकुल थापा दोस्रो र धीरजप्रताप सिंह तेस्रो वरियतामा थिए । सरकारले आइतबारको मन्त्रिपरिषद्को बैठकबाट सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्