Logo

नेपालमाथि चीनको अघोषित नाकाबन्दी कायमै (भिडिओसहित)



काठमाडौं, २९ जेठ । चीनले नेपालमाथि अघोषित नाकाबन्दी गर्दा नेपालका व्यवसायीहरु ठूलो मारमा परेका छन् । अहिले चीनबाट हुने व्यापारिक गतिविधि ठप्पजस्तै भएको छ । दुवै देशका सरकारले चिनियाँ नाका सुचारुको लागि कुनै गम्भीर कदम चालेका छैनन् ।

कोरोना कालमा चीनले नेपालसँगको नाका बन्द गरेको थियो । तर, अहिले कोरोना संक्रमणको कुनै जोखिम नरहँदा पनि चीनले भने नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघले पनि चिनियाँ नाकाबन्दीको विरोध गरेको छ ।

संघको २२औं साधारणसभामा अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी नाकाको समस्याको समाधानको लागि आफूहरुले पहल गरिदिन सरकारी अधिकारीलाई आग्रह गरेको सुनाए । तर, सरकारको तर्फबाट नाका खुलाउनको लागि कुनै गम्भीर पहल नलिएको उनको गुनासो थियो ।



प्रतिक्रिया दिनुहोस्