Logo

रिपोर्टर्स क्लब नेपालद्वारा अमेरिकामा आफ्नो शाखा विस्तार



देश भर जनताको आवाज उठाउँदै आएको रिपोर्टर्स क्लब नेपालले अमेरिकामा आफ्नो शाखा विस्तार गरेको छ । क्लब र यूएस मीडिया नेटवर्कबीच भएको सहमतिपछि रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा नौ सदस्य रहनेगरि  रिपोर्टर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो ।

गठित कार्यसमितीमा रेग्मीसहित पत्रकार ओम आचार्य, प्रशन्न ढुंगाना, रोषन अधिकारी, सरु शर्मा , शंकर थापा, महालक्ष्मी सिलवाल, टेक लामा र उत्तम धमला रहेका छन् । यूएस खबर मिडीया नेटवर्क कर्पोरेशनसंग सहकार्य गर्दै देश बाहिरको पहिलो शाखा बिस्तार गरेको रिपोर्टर्स क्लबले अमेरिकाको टेक्ससमा रहेको यूएस खबर टाईम्स तथा यूएस खबर नेटवर्कको कार्यलयलाई रिपोटर्स क्लबको शाखा कार्यालय तथा साक्षात्कार कक्ष संचालन गर्न र समाचार सम्प्रेषणको जिम्मेवारी दिएको छ ।

रिपोर्टर्स क्लबले साउन १ गतेबाट हालको यूएस खबर पब्लिक क्लबलाई रिपोर्टर्स क्लवको मान्यता प्रदान गरेको हो । अमेरिकामा हुने सम्पूर्ण नेपाली समुदाय लगायतका गतिबिधि तथा छलफल कार्यक्रमको क्लबले समाचार, सम्वन्वय तथा सम्पादन गर्ने जनाईएको छ । क्लवका सभापति ऋषि धमलाले भिडियो सन्देश मार्फत क्लबको अमेरिका शाखाको उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको छ ।

साथै अमेरिका शाखा बिस्तारले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायको समाचार र बिचार समेट्न सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ । यो संगै रिपोटर्स क्लब सम्वद्ध कार्यक्रमका लागि यूएस खबरका प्रधान सम्पादक किसन रेग्मीको संयोजकत्वमा क्लबका गतिबिधि संचालन तथा समाचार सम्पादन गर्न प्रकृया स्विकृत प्रदान गरिएको हो । अमेरिकाको नेपाली समुदाय र नेपाल बिच सेतुको भूमिका निर्वाहको उदेश्यमा रहेको यूएस खबरले रिपोर्टर्स क्लबको शाखा विस्तारको औपचारिक उद्घाटन सभापति ऋषि धमलासहित केन्द्रिय प्रतिनिधिको उपस्थितीमा गर्ने तयारी भईरहेको जानकारी दिईएको छ ।

https://www.facebook.com/100083974582767/videos/587125966351797



प्रतिक्रिया दिनुहोस्