Logo

गोरखा अस्पतालका डा पराजुलीमाथि कुटपिट गर्ने पक्राउ



काठमाडौं, १३ कात्तिक । गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीलाई कार्यकक्षमै कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पराजुलीलाई कार्यकक्षमै हातपात गर्ने उनीहरु शनिबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिकाका समीर कुँवर, अनुप बस्नेत र प्रमोदजंग कुँवर रहेका छन् ।

उनीहरुले गत कात्तिक ६ गते ओपिडीमा काम गरिरहेका डा पराजुलीमाथि हातपात गरेका थिए ।

अस्पतालले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्