Logo

नवनियुक्त गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे



काठमाडौं, १४ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् ।

गृहमन्त्री लामिछाने आज (बिहीबार) सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए ।

मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भने भुइँमा पिर्का राखिएको थिएन ।

लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले सार्वजनिक गरेको तस्विरमा नै पिर्का राखिएको छैन भनेर लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस्