काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशको उच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा पासपोर्ट नै बोक्नुपर्छ।
तर, विश्वभर ३ जना यस्ता व्यक्ति छन्, जसलाई यी सबैबाट स्वतन्त्रता छ र उनीहरू बिना राहदानी जुनसुकै देशपनि जान सक्छन्। संसारका ति तीन जनालाई कुनैपनि देश जानका लागि पासपोर्टको आवश्यकता पर्दैन।
संसारका शक्तिशाली यी तीन व्यक्ति हुन्, बेलायतका राजा, जापानका राजा र जापानकी महारानी।
उनीहरूलाई विदेशका जुनसुकै देश जानपनि पासपोर्टको आवश्यकता पर्दैन।