Logo

सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको काम तत्काल सम्पन्न गर्न सांसद ढकालको माग



काठमाडौं,१६ असोज । नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित सुभारम्भ गरेको नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न माग गरेका छ्न ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले उत्त माग गरेका हुन । उनले गठबन्धन सरकारले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेको भन्दै सरकराको आलोचनासमेत गरेका छन् ।

त्यस्तै सांसद ढकालले सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौंदेखि बेहाल र जीर्ण अवस्थामा रहेको सय वर्ष पुरानो राणाकालीन भवनको उचित संरक्षण नहुँदा भग्नावशेष जस्तै बनेको भन्दै उचित संसरक्षण गर्न माग गरेका छन् । ‘भवनका भित्ताहरुमा झारपातले जेलिएको छ। २०१५ सालमा पहिलो संसद बैठक बसेको यो भवन नेपालको ऐतिहासिक सम्पदा समेत हो। राणाकालीन कलाकृतिहरूले भरिपूर्ण नेपालकै ऐतिहासिक भवनलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गरी पुनर्निमाण गर्न म सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गर्दछु। ’ढकालले भने ।

‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गर्नुभएको नयाँ संसद भवन पनि गठबन्धन सरकारले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न सकेन। नयाँ संसद भवनमा कुन मिति देखि संसदको बैठक बसाल्ने सरकारको तयारी छ ? नयाँ संसद भवनको निर्माण कार्यको प्रगति विवरण संसदलाई तुरुन्त जानकारी दीइयोस र सरकारले निर्धारित समयमै भबन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता यस सम्मानित संसदमा जाहेर गरोस भनि सभामुख महोदय मार्फत आग्रह गर्दछु।’प्रतिनिधि सभाको शून्य समयमा बोल्दै ढकालले भने ।



प्रतिक्रिया दिनुहोस्