Logo

प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेसका आधादर्जन नेता भारतमा



काठमाडौं,२९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था बारे जानकारी लिएका हुन् ।

मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँ दिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

महरले नेता सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । नेता महर एक साता दिल्लीमा रहने छन् । महरले नयाँ दिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ४८ औँ स्थापना दिवसको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्