Logo

प्रतिनिधि सभा बैठक सुरू, बजेटमाथिको मन्त्रालयगत छलफल हुने (लाइभ)



काठमाडौं, जेठ २९ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेबाट संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्