Logo

प्रधानमन्त्री प्रचण्डको ध्यान मन्त्रिपरिषद् पूनर्गठनमा, ओलीसँग आजै छलफल गर्ने



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भारत जानुअघि नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्न चाहेका थिए । तर, भारत जानुपरेकोले उक्त काम थाँती थियो । प्रधानमन्त्री दाहाल हिजो स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठन गर्न चाहेका छन् । नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै मन्त्री बन्ने भएकी छिन् । उनले आफू नै सरकारमा सहभागी हुन लागेको जानकारी गराएकी छिन् । मन्त्रिपरिषद् पूनर्गठन गर्दा प्रधानमन्त्री दाहालले आफ्नो दल नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर पार्टीबाट नयाँ सेट ल्याउने प्रधानमन्त्री दाहालको चाहना छ । यसपटक माओवादीबाट माधव सापकोटा, राजन दाहाल, महेन्द्र बहादुर शाहीलगायतको नाम मन्त्री बन्ने चर्चामा छ ।

मन्त्रिपरिषद् पूनर्गठनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै निर्णायक छलफल गर्ने भएका छन् । मन्त्रिपरिषद् पूनर्गठनमा ओलीको असहमति रहेको बुझिएको छ । तत्काल मन्त्रिपरिषद् हेरफेर गर्दा नराम्रो सन्देश जाने भन्दै ओलीले केही समय पर्खन भनेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्