Logo

रेशम चौधरीले गृहमन्त्री रवि लामिछानेसँग मागे न्याय, बालेन र हर्कलाई राज्यले तर्साउन खोजेको आरोप



काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले आफू निर्दोष रहेको अवस्थामा पनि कठोर जेल जीवन व्यतित गर्नुपरेको बताएका छन् । उनले दोषीहरु पुरस्कृत भएको र निर्दोषहरुले सजाय पाएको भन्दै आफूलाई अन्याय भएको टिप्पणी गरे ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘यो देशमा हामीले कहाँ न्याय पाउँछौं रविजी ? अब तपाईं गृहमन्त्री हुनुहुन्छ, न्याय दिनुहोस ।’ उनले जमिन जोत्नेले कहिले जमिन पाउने गृहमन्त्रीज्यू ? भन्दै प्रश्नसमेत गरे ।

उनले गृहमन्त्री रवि लामिछानेसहितको नाम लिएर अब युवाहरुले देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई पनि राज्यले तर्साउने काम गरेको आरोप लगाए ।

उनले संघमा २७५ जना सांसद नचाहिने भन्दै जम्मा १०० जना सांसद बनाउनुपर्ने प्रस्ताव गरे । उनले थारुहरुलाई नहेप्न चेतावनी दिए । थारुलाई हेपिए देश नै समाप्त हुने उनको भनाई छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्