Logo

न्याय नपाएको भन्दै माखे साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्विरहरु)



काठमाडौं,१७ साउन । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको रत्नपार्कमा सहकारी पीडितहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

तस्विरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्