Logo

आफ्नो अभिव्यक्ति विवादमा परेपछि आलम पक्राउबारे बोले देउवा, निकाले यस्तो विज्ञप्ती



काठमाडौं, २ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत हत्या आरोपमा पक्राउ गरेका निलम्बित सांसद मोहम्मद आफताव आलमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले उक्त मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान भए आफूहरुले सघाउने बताएका हुन् ।

विज्ञप्तीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भनेका छन्‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।

जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा

 



प्रतिक्रिया दिनुहोस्