Logo

आलम पक्राउबारे देउवालाई गगनको काउन्टर, अपराध गर्नेले दण्ड पाउनुपर्छ



काठमाडौं, २ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले अफ्ताब आलम पक्राउबारे अपराध गर्नेले दण्ड पाउनुपर्ने धारणा राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आलमबारे हिजो बोलेको अभिव्यक्ति विवादमा परिरहेको बेला नेता थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

नेता थापाले आज आफ्नो फेशबुक पेजमा आलम पक्राउबारे यस्तो धारणा सार्वजनिक गरेका छन्,‘जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन।‬’

जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा



प्रतिक्रिया दिनुहोस्

Screenshot