Logo

ओलीले देउवासँग मिलेर एमसीसी पारित गराउने, ह्विप लगाउने जिम्मा नेम्वाङलाई !



काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गराउने अन्तिम गृहकार्यमा जुटेका छन् । सरकारले एमसीसी पारित गराउनको लागि संसदमा प्रस्ताव दर्ता गराईसकेको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि अहिले संसदमै उक्त विद्येयक थन्किएको छ ।

प्रधानमन्त्री ओलीले पटक-पटक संसदको रोष्ट्रममा उभिएर एमसीसी पारित गराउने प्रतिबद्धता जनाईसकेका छन् । तर, पार्टीभित्रबाट उनलाई परिमार्जन नगरी एमसीसी अघि नबढाउन दबाब छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छन् । खनाल नेतृत्वको कार्यदलले त प्रधानमन्त्री ओलीलाई प्रतिवेदन नै बुझाईसकेको छ ।

बाँस्कोटाको टिप्पणी : ‘एमसीसी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद्’

तर, प्रधानमन्त्री ओली भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर भएपनि एमसीसी पारित गराउने निश्कर्षमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवापनि एमसीसी तत्काल संसदबाट पारित गराउनुपर्ने पक्षमा उभिएका छन् । देउवा प्रधानमन्त्री र कांग्रेसकै नेता ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री हुँदा एमसीसीमा सम्झौता भएको हो । कांग्रेस त एमसीसी पारित गराउने पक्षमा एक ढिक्का छ । तर, नेकपामा भने मत विभाजित छ ।

एमसीसी र मन्त्रिमण्डल पूनर्गठनबारे परामर्श गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले पार्टीभित्र एमसीसीबारे सहमति कायम गर्नको लागि अझै एक दुई दिन प्रयास गर्ने तर सहमति नभए अब यसलाई यत्तिकै संसदमा अड्काएर नराख्ने मनस्थिति बनाएको प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतको दाबी छ । उनले पार्टीमा यसबारेमा आफूले ह्विप जारी नगर्ने पनि मनशाय बनाएका छन् । बरु, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ह्विप लगाउनेबारे जिम्मा दिने उनको रणनीति छ । कांग्रेससँग मिलेर भएपनि एमसीसी पारित गराउने उनको योजना छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot