Logo

विमलेन्द्र निधिले शशांकलाई भेटेरै भने : ‘म सभापति लड्छु, मिलेर अघि बढौं’



काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालालाई भेटेर आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेद्ववारी दिनेगरि तयारी थालेकोबारे जानकारी गराएका छन् ।

सभापति शेरबहादुर देउवाले आगामी दिनमा पूनः सभापति लड्नेगरि तयारी थालिरहँदा उनकै गुटका शक्तिशाली नेता निधिले महामन्त्री कोइरालालाई भेटेर आफू सभापतिमा उठ्न लागेको र मिलेर अघि बढ्न प्रस्ताव गर्दा कतै देउवा र निधिबीचको सम्बन्ध बिग्रिएको त होईन ? भन्नेपनि प्रश्न उठेको छ । निधि कोइरालालाई भेट्न उनकै निवास पुगेका थिए । जहाँ दिपक खड्कालगायतका नेताहरुको पनि उपस्थिति थियो ।

काँग्रेसमा सिटौला समुह छिन्नभिन्न बन्दै, कोही देउवातिर त कोही पौडेलतिर

निधिले आफू सभापतिमा लड्न लागेको र सोहीअनुसार तयारी थालेकोबारे महामन्त्री कोइरालालाई जानकारी दिँदै मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । जवाफमा कोइरालाले आफूपनि सभापतिमा उठ्नेगरि तयारीमा जुटेको बताएका थिए । कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुने कार्यतालिका छ । नेताहरूले महाधिवेशन केन्द्रित अभियान चलाउन थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्