Logo

रुसले विकास गरेको कोरोना भ्याक्सिन ‘सुरक्षित र प्रभावकारी’



एजेन्सी, १९ भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । पहिलो दुई चरणको क्लिनिकल परीक्षणको अध्ययनबाट भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष निकालिएको छ ।

शुक्रबार लानसेट जर्नलमा भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको रिपोर्ट प्रकाशित भएको हो । अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्याक्सिन सुरक्षित र स्वयसंवी प्रयोगकर्तामा गम्भीरखालको प्रतिकूल असर नदेखिएको निष्कर्ष निकालेका छन् ।

भ्याक्सिन अत्याधिक रोग प्रतिरक्षाजन्य र रोगप्रतिरोध क्षमताको कोषिका विकासका लागि उत्प्रेरित गर्नसक्ने रहेको रिसर्चमा उल्लेख छ । भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गरेको समेत रिसर्चमा भनिएको छ ।

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । उसले पहिलोपटक यसको प्रयोगका लागि दर्ता गरेर किर्तिमान समेत बनाएको थियो । स्पुतनिक भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो । १५ अगष्टमा रुसी स्वास्थ्य मन्त्रालयले यसको उत्पादनको घोषणा गरेको थियो ।

रुसी भ्याक्सिन आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति

भ्याक्सिनको ४० हजार स्वयंसेवीमा थप परीक्षण हुने भएको छ । यसबाट पनि भ्याक्सिन उस्तै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्